प्रकाशमानको प्रश्न: काठमाडौमा हरेक वर्ष पानी आउछ भन्ने, खै पानी आएको ?

७ बर्ष अगाडि

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाइ प्राप्त गरेको सरकारले आर्थिक वर्षको बजेट एकदमै कमजोर र फितलो तरिकाले प्रस्तुत गरेको बताएका छन् । 

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले कम्युनिष्ट सरकारले दुई तिहाई प्राप्त गरेपनी बजेटमा कमजोर मनस्थिती देखिएको आरोप लगाए । 

बैठकमा उखान सुनाउदै सिंहले भने बजेटमा सरकार छेपारोले घ्याम्पो ओटरेर बसेको जस्तो भएको छ । उनले बजेटमा ठुलो ठुलो कुरा देखाएपनि सोचेको जस्तो काम गर्न नसकेको आरोप लगाए । 
उनले हरेक वर्ष काठमाडौमा पानी आउछ भनेर सरकारले भनेपनि अझै पानि आउन नसकेको आरोप लगाए । हरेक वर्ष पानी दशैमा,नयाँ वर्षमा पानी चै आउछ भनेर भन्ने तर खै त पानी आएको ? उनले प्रश्न गरे । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया