काठमाडौँ – धावनमार्गमा कालोपत्रे गर्ने काममा ढिलाई भएका कारण धनगढी विमानस्थल एक सातापछि मात्रै सञ्चालनमा आउने भएको छ ।
निर्माण सुरु भएको एक महिनामा धावनमार्गको काम सकेर संचालनमा ल्याउने गरि ठेकेदार कम्पनीसँग सम्झौंता भएको थियो ।
त्यो सम्झौंता अनुसार वैशाख २२ गतेबाट उडान बन्द गरेर धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र विस्तारको काम भएको थियो ।
यो समय अनुसार जेठ २१ गते काम सकिएर उडान सुचारु हुनुपर्ने हो। तर समयमै काम नसकिएकोले एक साता समय थपिएको बताइन्छ । उनका अनुसार जेठ २९ गतेबाट मात्रै विमानमा उडान सुरु गर्ने तयारी छ ।
ताकेता गर्दागर्दै पनि भने जति काम समयमा सम्पन्न हुन सकेन अब थप सात दिन विमानस्थल बन्द गरेर जेठ २९ गतेबाट उडान हुन्नेछ ।
पानी परिरहेकाले पनि काममा बाधा परेको छ । आइतबार राति पानी परेर धावनमार्ग खनिएको बीच भागमा पानी जमेपछि विमानस्थलको काम सोमबार आधा दिनसम्म सुरु नै हुन नसकेको हो । पानी नपरेको खण्डमा मात्रै अबको एक सातामा विमानस्थलको काम सम्पन्न हुने अवस्था छ।
पानी परेन भने एक सातामा काम सम्पन्न हुने छ । विमानस्थलको झन्डै साढे ८ सय धावनमार्ग बीच भागमा खनेर नयाँ माटो र बेस हालिएको छ । त्यो माथि ग्राभेल पनि भइसकेको छ ।
प्रतिक्रिया