पशुपतिनाथ मन्दिरको सम्पत्ति सार्वजनिक,यस्तो देखियो विवरण

७ बर्ष अगाडि

काठमाडौँ – पशुपतिनाथ मन्दिरमा नौ किलो दुई सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको विवरण प्राप्त भएको छ । 

पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवम् छानवीन समितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा २०७५ सालसम्ममा उक्त परिमाणको सुन भएको उल्लेख गरिएको छ । त्यसैगरी तीन सय १६ किलो पाँच सय ८६ ग्राम चाँदी रहेको छानवीन समितिका संयोजक डा। मिलनकुमार थापाले जानकारी दिए । समितिका अनुसार उक्त विवरण विक्रम संवत २०१९ सालदेखि २०७५ सालसम्मको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षसमेत रहेका थापाले विक्रम संवत २०१९ सालभन्दा अघिको विवरण भने प्राप्त हुन नसकेकाबताए । 

पशुपतिनाथ मन्दिरमा हालसम्म १ अरब २९ करोड ३८ लाख ३१ हजार नगद जम्मा भएको छ । छानविन समितिका अनुसार त्यसमध्ये एक अरबको अक्षय कोष स्थापना गरी सामाजिक सेवाको क्षेत्र तथा विपद् व्यवस्थापनमा खर्च गर्ने गरिएको छ । समितिका संयोजक थापाले हाल मन्दिरको दर्ता प्रमाणित भएका जग्गा तीन हजार ६ सय ६७ रोपनी ४ आना ३ पैसा रहेको पनि जानकारी दिए । 

प्रतिवेदनमा पशुपतिनाथ मन्दिरको दर्ता प्रमाणित हुन बाँकी रहेको जग्गा दुई सय ३१ रोपनी १० आना १ दाम रहेको छानवीन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया