काठमाडौँ – आज विश्व वातावरण दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाइदैछ ।
‘एक नेपाली एक फलफूल विरुवा रोपण अभियान ’को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री राम बहादुर थापा बादल लगाएत अन्य नेता कार्यकर्ताले सिंददरवारस्थित राष्ट्रिय योजना आयोगको भवन परिसरमा एभोकाडोको बिरुवा रोपेका छन् ।
एभोकाडोको बिरुवा रोपेपछी गृहमन्त्री बादलले फेसबुकमा लेखेको छन्, विश्व वातावरण दिवसको अवसरमा ‘एक नेपाली एक फलफूल विरुवा रोपण अभियान ’को निरन्तरता कार्यक्रम अन्तर्गत आज सिंददरवारस्थित राष्ट्रिय योजना आयोगको भवन परिसरमा सम्माननीय प्रधानमन्त्री ज्यू,मन्त्रीज्यूहरु लगायतको उपस्थित भएर एभोकाडोको बिरुवा रोपियो ।
प्रतिक्रिया