इटहरी – इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई नाकको हड्डी भाँच्ने धम्की दिएका छन् । इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी नाकको हड्डी भाँच्न एक करोड छुट्याएको भन्दै धम्क्याएका हुन् ।
आफ्नो फेसबुक पोस्टमा ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई मेयर चौधरीले, ‘तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याको छु । एउटा घडेरी छुट्याको छु । तेरो नाकको हड्डी भाँचे मात्रै मलाई सन्तोष हुन्छ’ भन्दै धम्काएका हुन् ।
यसअघि कर्मचारी कुटेको र पत्रकारलाई लोपारेको विषयमा आलोचना भएको थियो । गत जेठ ८ गते मेयर चौधरीले इहटरी उपमहानगरपालिका वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई कुटेका थिए ।
त्यस्तै यो बिषयमा प्रश्न गर्दा पत्रकारहरुलाई नै अभद्र व्यवहार देखाएका थिए ।
चौधरीले सीधाकुरा जनतासँगको कार्यक्रममा पनि त्यस्तै व्यवहार देखाएका छन् । उनले लाइभ कार्यक्रममा पनि त्यही व्यवहार गरेका हुन् ।
(भिडियो)
प्रतिक्रिया