६ घण्टामै सगरमाथाको चुचुरोमाः मिङ्माले बनाए विश्व कीर्तिमानी

७ बर्ष अगाडि

काठमाडौँ – हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सगरमाथा र लोत्से हिमाल ६ घण्टा एक मिनेटमै आरोहण गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।

मंगलबार राजधानी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शेर्पाले आफ्नो कीर्तिमानबारे जानकारी गराएका हुन्।

उनले यहीँ सिजनमा विश्वको पाँचौं अग्लो मकालु शिखरको समेत आरोहण गरेका छन्।

गत जेठ १३ गते सोमबार बिहान १२:४४ मा समरमाथाको आरोहण सुरू गरेका मिङमा सोही दिनको ६:४५ मा लोत्से शिखर चुचुरोमा पुग्दै किर्तिमानी कायम गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा विदेशी पर्यटक भित्र्याउन आ–आफ्नो क्षेत्रबाट सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए।

७ बर्ष अगाडि

प्रतिक्रिया