बजेटमा टिप्पणी गर्ने सांसदलाई महेश बस्नेतले सुनाए हेडमास्टरको प्रसंग !

७ बर्ष अगाडि

काठमाडौँ –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता एवम् सांसद महेश बस्नेतले अर्थमन्त्रीले प्रदेश स्थानीय तहमा पर्याप्त बजेट छुट्याएको बताएका छन् । 

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले भने, मान्य विद्वान अर्थमन्त्रीले प्रदेश र स्थानीय तहमा पर्याप्त बजेट छुट्याउनु भएको छ । 

संसदमा विभिन्न सांसदहरुले बजेटमाथी टिप्पणी गरेपछी बस्नेतले हेडमास्टरको प्रसंग सुनाएका छन् । 

उनको सम्बोधन जस्ताको तस्तै :
हाम्रो गाउमा एउटा हेडमास्टर हुनुहुन्थ्यो । रिटाएर हुनुभयो । चौतारामा गएर विधार्थीहरुले दालमोेट खाएर फालेको कागजको ह्रस्व र दीर्घ हेर्दे या यो मिलेन वा यो मिलेन भनेर टिप्पणी गर्नुहुन्थ्यो । बजेटको सन्दर्भमा कतिपय मान्य ज्यु हरुको टिप्पणी हेर्दाखेरी मलाई तिनै हेडमास्टर साबको सम्झना आउछ, त्यही भएर मलाई उहाँहरुको बारेमा केही भन्नु छ जस्तो लाग्दैन । 

७ बर्ष अगाडि

प्रतिक्रिया