लुटन नपाएपछि यतिसम्म गर्छन म्यानपावर व्यवसायी

७ बर्ष अगाडि

काठमाडौं – वैदेशिक रोजगार व्यवसायीले श्रमिकलाई विदेश पठाउन रोकेका छन् । कामदारलाई लुटपाट गर्न नपाएपछि उनीहरुले त्यस्तो हर्क गरेका हुन् ।

सरकार समक्ष राखेका पाँच बुँदे माग पूरा नभएको भन्दै व्यवसायीले गत शुक्रबारदेखि सात दिन नेपाली श्रमिकलाई विदेश नपठाउने भएका हुन् ।

गएको जेठ ३ गते बसेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष भेलाले सरकारलाई १५ दिनको अल्टिमेटम दिँदै माग सम्बोधन नभए जेठ १७ गतेदेखि २३ गतेसम्म विदेश जाने श्रमिकको टिकट नकाट्ने निर्णय गरेको थियो ।

व्यवसायीको आन्दोलनका कारण दैनिक एक हजार युवा विदेश जानबाट वञ्चित भएका छन् । व्यवसायीका उचित माग सरकारबाट सम्बोधन नभएपछि बाध्य भएर शुक्रबारदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकको टिकट काट्न बन्द गरिएको म्यानपावर व्यवसायीले बताउँदै आएका छन् ।

संघले वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीकोव्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने, मलेसियासँग भएको समझदारीअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरेर श्रमिकलाई मलेसिया पठाउन प्रक्रिया सुरु गर्नुपर्ने माग गरेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया