काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुले धेरै ब्याजदर प्रस्ताव गरेपछि नेपाल राष्ट्र बैंकले माग भन्दा कम आन्तरिक ऋण उठाएको छ । केन्द्रीय ब्रकले सरकारका लागि रु ८६ अर्ब उठाउन आन्तरिक ऋणको क्यालेण्डर सार्वजनिक गरेको थियो ।
राष्ट्र बैंकले रु ५३ अर्ब ३८ करोड मात्र उठाएको छ । रु ३२ अर्ब ६२ करोड नउठेको राष्ट्र बैंकले जनाएको छ । विकास ऋणपत्रमा ११ प्रतिशतसम्म ब्याजदर प्रस्ताव आएपछि यसलाई कटअफ गर्दा कम मात्र ऋणपत्र बिक्री भएको छ ।
बैंकले ब्याजदर कटअफ गरेर विकास ऋणपत्रमा ६.५ प्रतिशत र ट्रेजरी विल्सको ब्याजदर ५.५ प्रतिशतमा सीमित गरेको छ । सरकारले विकास ऋणपत्र र ट्रेजरी विल्स वित्तीय औजारमार्फत आन्तरिक ऋण उठाएको हो ।
सरकारलाई फेरी चाहिएमा राष्ट्र बैंकले आन्तरिक ऋणको नयाँ क्यालेण्डर बनाउनु पर्ने छ । विकास ऋणपत्रमा ११ प्रतिशत ब्याजदर दियो भने बैंकले निष्कासन गर्ने ऋणपत्रको ब्याजदर १५ प्रतिशतसम्म पुग्ने बताउदै उनले भने यसलाई नियन्त्रण गरेको छ ।
१० प्रतिशत ब्याजमा ऋणपत्र स्वीकार गरेको भए बजारको ब्याजदर निकै माथि जाने अवस्था आउँथ्यो । वित्तीय स्थायित्वका लागि कटअफ गरिएको बताइन्छ । सरकारको विकास खर्च कम हुने भएकाले आन्तरिक ऋण नउठाउनु पर्ने अवस्था पनि आउन सक्ने देखिएको छ ।
हाल अन्तरबैंक ब्याजदर ६ प्रतिशत रहेको छ । यस्तै बैंकिङ प्रणालीमा अनिवार्य नगद अनुपात बाहेक रु ३० अर्ब तरलता छ ।
प्रतिक्रिया