काठमाडौं – नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) ले विद्युतीय भुक्तानी प्रणालीको अनुमति पाएको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी भुक्तानी सम्वन्धि कार्य गर्ने संस्था संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३ बमोजिम नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) लाई बिद्युतीय कार्डहरुको सञ्जाल र भुक्तानी स्वीचको कार्य गर्नको लागि नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले उत्तः अनुमति दिएको हो ।
नेप्स, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित कम्पनी हो । यस कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुको लागि अत्याधुनिक तथा सुरक्षित इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आएको छ ।
यस कम्पनीको १७ वटा बैंक तथा वित्तीय संस्थाहरुको निमित्त भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टरकार्ड जारी गर्नुको साथै एटिएम र यस सञ्जालको होस्टिङ्ग र स्विचिङ्गको सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया