कोटेश्वर–कलंकी सडकमा तीब्र गतिमा सवारी हाक्न नपाइने

७ बर्ष अगाडि

काठमाडौँ – चक्रपथस्थित कोटेश्वर–कलंकी सडकमा तीब्र गतिमा सवारी हाक्न नपाइने भएको छ । ट्राफिक प्रहरीले सो सडकखण्डमा यातायातका साधनको गतिसीमा निर्धारण गरेको जनाएको छ । 

ट्राफिक प्रहरी महाशाखाका अनुसार अब सवारी चालकले मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा बढी गतिमा सवारी हाक्न पाउने छैन । यस्तै सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको सीमा तोकिएको छ । 

सोमबारदेखि कोटेश्वर कलंकी सडकखण्डमा सवारी साधनको गति मापन सुरु गरिएको भन्दै तोकिएको सीमा बाहेर सवारी चलाइए यातायात व्यवस्था ऐन २०४९  परिच्छेद १० को दफा १६४(६) बमोजिम कारबाही हुने जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया