कर नतिर्ने व्यापारीलाई पाता कस्ने अर्थको तयारी, राजश्व नउठेपछि यतिसम्म गर्देछन् अर्थमन्त्री खतिवडा

७ बर्ष अगाडि

काठमाडौँं – सरकारले आगामी आर्थिक वर्षका लागि ९ अर्ब ८१ करोड बराबरको राजश्व उठाउने लक्ष्य राखेको छ । चालु आर्थिक वर्षको लक्ष्य भेट्टाउन सरकारलाई असाध्यै गाह्रो भएको छ । 
लक्ष्य फेला पार्न नसकेको भएपनि २१ प्रतिशत बढी राजश्व भने उठेको छ । चालु आवका लागि ८ खर्ब ३१ करोड बराबरको राजश्व उठाउने लक्ष्य राखेको थियो ।

राजश्वको लक्ष्य फेला पार्न नसकेपछि सरकारले मूल्य अभिवृउद्धिकर, आयकर तथा अन्य कर उठाउन ताकेता गर्दै आएको छ । आगठामी आर्थिक वर्षको बजेट आउनु भन्दा केही दिन अगाडिसम्म लगातार रुपमा दैनिक पत्र पत्रिकामा विज्ञापन प्रकाशित गर्दै कर तिर्न आउन आग्रह गरेको सरकारले पछिल्ला दिनमा समेत त्यसलाई निरन्तरता दिएको छ ।

राजश्वको लक्ष्य भेट्टाउन जे जे गर्नुपर्छ सोही गर्न तयार देखिएको सरकारले पुनः पत्रपत्रिकामा सूचना प्रकाशित गरी कर तिनृ आउन व्यापारी ताथ व्यवसायीलाई आग्रह गरिरहेको छ । यस अघि प्रकाशन गरिएका सूचनामा उल्लेख भएका व्यापारी तथा व्यवसायीलाई समेत तोकिएको समय भन्दा पछि पनि कर तिर्न ताकेता गरिरहेको छ । सामािजक सुरक्षा भक्तालगायतका विषयमा बजेटको मात्रा बढेको तथा सांसदलाई स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममा ६ करोडको दरले बजेट उपलब्ध गराउने भएपनि दबावमा परेको सरकारले कर उठाउन सबै प्रकारको उपाय अवलम्बन गरेको हो ।

सोही क्रममा सोमबार पनि आन्तरिक राजश्व कार्यालय ललितपुर लगनखेलले एक सूचना प्रकाशित गरी कूल १५५ व्यवसायीलाई १५ दिन भित्र कर तिर्न आउन भनेको छ । सो समयभित्र कर तिर्न नआउने व्यवसायीलाई बाँकी बक्यौता अनुसार कर असुल गरिने आन्तरिक राजश्व कार्यालयको सूचनामा उल्लेख छ । ती व्यवसायीले आयकर र मूल्य अभिवृद्धि कर समेत नतिरेको सूचनामा उल्लेख छ । पटक पटक कर बुझाउन आग्रह गर्दा समेत अटेर गरेका व्यवसायीलाई तोकिएको समय भित्रै कर तिर्न आउन भनिएको हो । सो अवधिमा कर तिर्न नआएको खखण्डमा व्यवसायिक कारोवार रोक्का गर्ने, बैंक खाता रोक्का गर्ने र घरजग्गा तथा चलअचल अन्य सम्पत्ति रोक्का गरी जसरी भएपनि कर उठाउने योजनामा सरकार रहेको छ ।

तोकिएको समयभित्र कर तिर्न नआए कानूनले दिउका सबै उपाय अवलम्बन गरेर भएपनि कर उठाइने आन्तरिक राजश्व कार्यालयको सूचनामा उल्लेख छ ।  सो कार्यालयका अनुसार विशेष गरी ठेकेदार कम्पनी तथा अन्य व्यवसायिक फर्मले कर नतिरेको पाइएको सूचनामा उल्लेख छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया