काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लवका कार्यकर्ताहरुबाट सोलुखुम्बुमा प्रहरी चौकी आक्रमणको प्रयास भएपछी तीनवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।
आइतबार रातिको उक्त घटनापछि सोमबार दिउँसो गृहमन्त्री थापाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई गृहमन्त्रालय बोलाएर घटनाबारे ब्रिफिङ लिएका हुन् ।
गृहमन्त्रालय स्रोतका अनुसार तीनवटै सुरक्षा निकायका प्रमुखले विप्लवका कार्यकर्ताले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जाको प्रयास गरेपनि असफल भएको बताएका थिए ।
प्रतिक्रिया