राजदुत बेरीको मर्यादा विपरित गतिविधि सरकारले रोक्न सकेन : भीम रावल

७ बर्ष अगाडि

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले अमेरिकी राजदुत ¥याण्डी बेरीका कूटनीतिक मर्यादा विपरितका गतिविधि रोक्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । 

नेता रावलले बजेटमा राष्ट्रिय स्वाभिमानमा जोड दिएपछि व्यवहारमा सरकारले सोही अनुसार काम गरेर देखाउन नसकेको पनि स्पष्ट पारे । 

अमेरिकी राजदुत बेरीले ‘राजदुतसँग गफगाफ’ कार्यक्रम संचालन गर्नु कूटनीतिक मर्यादा विपरित भएपनि त्यसलाई सरकारले नियन्त्रण गर्न नसकेको उनको भनाई छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले भियना अभिसन्धि विपरित अमेरिकी राजदुत बेरीले सो कार्यक्रम संचालन गर्दा पनि किन नियन्त्रण गर्न नसकेको ? भनि सरकारलाई प्रश्न पनि गरे ।

७ बर्ष अगाडि

प्रतिक्रिया