आफ्नै श्रीमतीलाई कोदालो प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

७ बर्ष अगाडि

धनुषा – आफ्नै श्रीमती ३५ बर्षीया शिवशक्ती देवी सदालाई कोदालो प्रहार गरी घाइते बनाएको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका-६ मुसहरीटोलका देवु सदालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

देवु सदाले श्रीमतीलाई कोदालो प्रहार गरी घाइते बनाएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कोदालो प्रहारबाट घाइते भएकी शिवशक्ती देवीको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया