हत्या भएको १० महिनापछि...

७ बर्ष अगाडि

प्रहरीले आफ्नै साथीको हत्यामा संलग्न फरार अभियुक्तलाई १० महिनापछि जेठ २७ गते ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवावासी गंगटेखोलाबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा खोटाङ केपिलाशगढी गाउँपालिका घर भई हाल ललितपुर बस्दै आएका ३६ वर्षीय धिरज भन्ने मोतीधन राई रहेका छन् । राईलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । 

२०७५ भदौ २ गते राती १०ः३० को बजे काठमाडौंको टोखा नगरपालिका–३ विष्णमति फाँटमा रहेको बंगुर फरममा सोलुखुम्बु साविक छेस्कम गाविस–३  का ३६ वर्षीय छत्रमान कुलुन राईको टाउको तथा शरीरको विभिन्न भागमा चोकटपटक लागेको अवस्थामा शव फेला परेको थियो । 

प्रहरीले घटनामा धिरजको संलग्नता रहेको भन्दै पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

कुलुन र धिरज २०७४ चैत महिनादेखि चिनजान भएको प्रहरी अनुसन्धानमा खुल्न आएको थापाको भनाई छ ।  टोखा नगरपालिका–३ विष्णमति फाँटमा उनीहरुले ओ–आफ्नो बंगुर फारम खोलेका थिए । 

२०७५ भदौ २ गते मृतक कुलुन र धिरज मिलेर एउटा बंगुर काटी दुवैजना दिनभरी मासु बेच्न गएको प्रहरी अनुसन्धानमा खुल्न आएको एसएसपी थापाले बताए । 

मासु बेचेर साँझ घर फर्कने क्रममा विष्णुमति पुल नजिकै एक होटलमा दुवै जनाले रक्सी सेवन गरे । रक्सी सेवन गर्ने क्रममा उनीहरुबीच एक आपसमा झगडा भएको पाइएको छ । 

होटलमा उनीहरुबीच विवाद भएपछि धिरज राई एक्लै गाडी लिएर बंगुर फारम गएको प्रहरी अनुसन्धानमा खुलेको छ । मृतक कुलुन राईले भने ९ बजेको समयमा धिरजलाई फोन गरी गाली गरेका थिए । 

कुलुन राई पनि ९ बजेतिर बंगुर फारम पुग्छन् । फारममा पुग्ने बित्तिकै धिरज र कुलुनबीच झगडा भई हात हालाहालको अवस्थासम्म पुगेको एसएसपी थापाले  बताए । 

एसएसपी थापाले हानाहान हुने क्रममा धिरज राईले बाँसको दाउराले कुलुनलाई टाउकोमा प्रहार गर्दा हत्या भएको प्रहरी अनुसनधानमा खुल्न आएको र यसैको आधारमा धिरजलाई पक्राउ गरिएको बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया