भारतीय विदेश मन्त्री जो भएपनि केहि असर पर्दैन: प्रचण्ड

७ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भारतीय विदेश मन्त्री जो भएपनि त्यसले नेपालमा तात्वीक असर नपार्ने दाबी गरेका छन् ।  

विदेश सचिव भएको सयमा नेपाल प्रति अनुदार देखिएका यस जयशंकर हालै भारतीय विदेशमन्त्री बनेको सन्र्दभमा नेपालमा पर्ने प्रभावका बारेमा संचारकर्मीले राखेको जिज्ञासामा अध्यक्ष दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । 

उनले सरकारको कार्याकाल सम्बन्धी आफ्नो भनाईलाई अतिरञ्जित नगर्न आग्रह गरेका छन् । 

शनिबार विहान विराटनगर विमास्थलमा उत्रे लगत्तै संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै अध्यक्ष दाहालले सरकार गठनकै समयमा भएको सहमतिलाई लिएर अतिरञ्जित गर्नु आवश्यक नभएको बताए ।

 उनले आलोपालो सरकार चलाउने विषय पुरानै विषय भएको र यसअघि कयौ पटक संचारमाध्यममा आईसकेकाले अनावश्यक प्रचारवाजीमा नजान अनुरोध गरे ।

७ बर्ष अगाडि

प्रतिक्रिया