सामाजिक सुरक्षा कोषमा जागिर खाने हो, एकै पटक मागियो ६६ कर्मचारी

७ बर्ष अगाडि

काठमाडौं – समाजिक सुरक्षा कोषले एकै पटक ६६ कर्मचारीको माग गरेको छ । कोषले उपकार्यकारी निर्देशकदेखि सहायक तहका कूल ६६ कर्मचारी माग गरेको हो ।

कोषले लोकसेवा आयोगको सहमतिमा खुला प्रतियोगिताबाट ती कर्मचारी भर्ना गर्न लागेको हो ।

आज प्रकाशित सूचना अनुसार ११औं तहको उपकार्यकारी निर्देशकका लागि स्नातकोत्तर गरि सरकार वा संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तिमा ७ वर्षको कार्यानुभव भएको व्यक्ति हुनुपर्ने उल्लेख गरेको छ ।

कोषले ७ तहदेखि ११ तहसम्मको लागि स्नातकोत्तर गरि सरकार वा संगठित संस्थाको अधिकृत स्तरको पदमा काम गरेको अनुभव हुनु पर्ने व्यवस्था गरेको छ ।

योग्य आवेदकले अनलाइनबाट पनि आवदेन दिन सक्ने छन् । आगामी असार ५ गतेसम्ममा आवदेन दिन पाउने व्यवस्था गरिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया