काठमाडौं – केही स्थानीय अराजक समूहले तारबार तथा सुरक्षाका लागि लगाइएको जस्ताको बार समेतमा डोजर लगाएर क्षति पुर्याइदिउपछि धुर्मुस सन्तली फाउण्डेशनले तत्कालका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम स्थगित गरेका छन् ।
गत माघ १६ गते ने्पाल सरकारको रोहबरमा त्रिपक्षीय सम्झौता भई चितवनको भरतपुर महानगरपालिकमा १५ रामपुर शान्तिचोकमा निर्माण गर्न लागिएको सो रंगशालामा बुधबार केही व्यक्तिले डोजर लगाइदिएका थिए ।
रंगशाला निर्माणमा लागि देश विदेशबाट सहयोग जुटेको तथा आम नागरिकले समेत सहयोग उपलब्ध गराइसकेको अवस्थामा अराजक समूहले रंगशाला निमाृणमा संलग्न रहेका फाउण्डेशनका कर्मचारी तथा सहयोगीलाई समेत धम्क्याएको पाइएको छ । परियोजनाको सुरु देखि नै कार्य वातावरण बनाउन फाण्डेशन लागेको भएपनि फाउण्डेशनका कर्मचारीलाई धम्क्याउने, त्रास देखाउने काम भइरहेकोमा गुनासो व्यक्त गरिएको छ ।
कामदारको जिउ धनको सुरक्षा र भौतिक सम्पत्तिको सुरक्षाको विषयमा खतरा उत्पन्न भएको भन्दै त्यसको स्थायी समाधान नहुँदासम्म परियोजनाको काम कारवाही स्थगित गरिएको छ । यसबाट पर्न गएको प्रतिकुलताप्रति फाउण्डेशनले क्षमा मागेको छ ।

प्रतिक्रिया