नेपाली कहिलेदेखि चिनियाँ नागरिक भए ? (भिडियोसहित)

७ बर्ष अगाडि

चीनको प्रतिष्ठित दैनिक पत्रिका पिपुल्स डेल्लीको अनलाइन संसकरणले केही दिनअघि एउटा भिडियो सार्वजनिक गर्यो । भिडियोको शीर्षक दिइयो ‘द विज्डम अफ चाइनिज वर्किङ क्लास ।’

चिनियाँहरुले आफ्नो कामलाई कसरी सहज र सरलीकरण गर्छन् भने यहाँ भिडियो बनाइएको छ । ८ वटा छुट्टाछुट्टै कामलाई उनीहरुले यहाँ प्रस्तुत गरेका छन् ।

पिपुल्स डेलीले सार्वजनिक गरेको भिडियोको चौँथो भागमा महिलाहरुले संरचना निर्माणका लागि आवश्यक गिट्टी तथा बालुवाहरु थुन्सेमा हालेर बोकेको देखाइन्छ ।

यद्यपि न त त्यो भिडियो चीनको नै थियो, न त उनीहरु चिनियाँ नागरिक नै थिए ।

भिडियोको पृष्ठभूमिमा बा ५ च २८५५ नम्बरको कार गुडिरहेको देख्न सकिन्छ भने पछाडिको दृश्य पनि नेपालकै हो । थुन्सेमा निर्माण सामग्री हालेर बोक्ने महिलाहरु पनि चिनियाँ नागरिक नभएर नेपाली नै थिए ।

तर पिपुल्स डेली आफैले बनाएको यो भिडियोमा किन नेपाल र नेपालको दृश्य राखेर चिनियाँ भनियो, त्यो खुलाइएको छैन ।

नेपाल आफैमा सार्वभौमसत्ता सम्पन्न देश हो । तर पिपुल्स डेलीले जारी गरेको भिडियोमा नेपाल र नेपालीकोसमेत दृश्य राख्दै चिनियाँ नागरिकको काम गर्ने बुद्धिमता भन्नु मानवीय कमजोरी वा नियत थियो, प्रश्न उठेको छ  ।

पिपुल्स डेलीले भने हालसम्म पनि यो भिडियोबारे थप केही बताएको छैन ।

हेर्नुहोस् ३६ सेकेन्डको यो भिडियो ।   
 

७ बर्ष अगाडि

प्रतिक्रिया