प्रहरीलाई घुस दिन खोज्ने अख्तियार फन्दामा

७ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने एकजनालाई पक्राउ गरिएको छ । आयोगको टोलीले महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घुस रकम दिन खोज्ने झापाका अभिषेक कार्कीलाई बुधबार साँझ पक्राउ गरेको हो ।

कालिकोटका थुनुवा नवीन शाही ठकुरीलाई भेट्न जाँदा उनका भाइ पुजन बम ठकुरीले चाउचाउको खोलभित्र लागूऔषध ल्याएको भेट्टाएपछि प्रहरीले बमलाई पक्राउ गरेको थियो । कार्कीले उक्त घटना मिलाइदिनुपर्यो भन्दै प्रहरी निरीक्षकलाई १० हजार दिन खोज्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

कार्कीले प्रहरीलाई र४० हजार दिन्छु, घटना मिलाइदिनुपर्यो भन्दै तत्काल १० हजार दिँदादिँदै पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । अख्तियारको टोलीले उनको साथबाट १ लाख २० हजार नगदसमेत बरामद गरेको छ । थानकोट वृत्तले यसअघि पनि घुस दिन खोज्ने चारजनालाई पक्राउ गरिसकेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया