गृहमन्त्रीले के बोले जुन रेकर्डबाट हटाइयो ?

७ बर्ष अगाडि

काठमाडौँ – प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउने क्रममा प्रतिपक्षी दलका सांसदहरुले राखेको जिज्ञासाको सम्बोधन गर्दे गृहमन्त्री रामबहादुर थापा बादलले विस्फोटमा मृत्यु भएकाहरु सामान्य नागरिक नभएको बताउनुभयो ।  ‘ती सामान्य नागरिक होइनन्, ती जनता होइनन्, ती घटना घटाउनेहरु हुन् भन्न खोजिएको हो,’ उहाँले भन्नुभयो, ‘दुई ठाउँकै घटनामा, बम बनाउने क्रममा केही प्राविधिक त्रुटी भएका कारणले ज्यान गएको अहिले सम्मका अनुसन्धानले पुष्टि गरेको छ ।’

उहाँले थप्नुभयो, ‘ती व्यक्तिहरु गैरकानुनी र अपराधिक क्रियाकलापमा संलग्न थिए, त्यसकारण तीनीहरुलाई हामीले सामान्यतयाः जनता भन्दैनौँ, यही रुपमा बुझ्न म अनुरोध गर्छु ।

गृहमन्त्रीको जवाफमा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आपत्ती जनाउनुभएको थियो । उहाँले भन्नुभयो ‘घुमाएर नबोलौ, हिजोको घटनामा कुन पार्टीको कुन माननीयको संलग्नता छ । त्यो प्रस्ट रुपमा आउनु पर्छ । हिजोको घटनामा मृत्यु हुने जनता होइनन् भन्ने अधिकार कसले दियो उहाँलाई ? के उनीहरु जनता होइनन् ? हिजो पनि द्धन्द्ध कालमा जति मरे ÷मारिए, के उनीहरु जनता थिएनन् ? नेपाली नागरिक थिएनन् ? त्यसकारण यो गैरजिम्मेवारी पुर्वक शब्द प्रयोग गर्न पाइँदैन । त्यसकारण सांठगाँठ र नाजायक शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।’

लगत्तै सभामुख कृष्णबहादुर महराले सो बारे सदन र गृहमन्त्रीको ध्यानाकर्षण भएको जानकारी गराएपछि बैठकको कारवाही अघि बढेको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया