काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरूलाई सरकारले सम्मान गर्ने भएको छ ।
गृह मन्त्रालयद्वारा जारी सूचनाअनुसार जेठ १६ गते गणतन्त्र दिवसको अवसर पारेर विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा, उमा भुजेल, सन्तोषकुमार बुढा मगरसहितका नेतालाई संविधानसभा पदकबाट विभूषित गर्न लागिएको हो ।
पूर्वमन्त्री समेत रहेका विश्वकर्मा २०६४ सालमा कालीकोट–१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । २०६४ सालमा रोल्पा– २ बाट चुनाव जितेका विप्लव समूहकै नेता मगरले पनि संविधानसभा पदक पाउने भएका छन् ।काठमाण्डु टुडेबाट ।

प्रतिक्रिया