प्रचण्ड निवास जाने बाटोमा बम भेटियो

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास जाने बाटोको ललितपुर स्थित टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । सोमबार बिहान विप्लव नेतृत्वको समूहले बम राखेको प्रहरी जनाएको छ ।

नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । यो बाटो हुँदै प्रचण्डको निवास पुगिन्छ । आइतबार साँझ काठमाण्डुका दुई स्थानमा भएको बम बिस्फोटमा चार जनाको ज्यान गएको छ । जसमा चारै जना विप्लवकै कार्यकर्ता छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया