राहुलको राजीनामा प्रियंकाको समर्थन,अध्यक्षमा प्रियंकाको चर्चा

७ बर्ष अगाडि

नयाँ दिल्ली - भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुन गान्धीको राजीनामा दिने विषयमा प्रियंका गान्धीले समर्थन गरेकी छिन् । 

प्रियंकाले भनेकी छन्, राहुलले राजीनामा दिने उसको आफ्नो फैसला हो । यस राजीनामा फिर्ता लिने अडानबाट मलाई लाग्दैन कि राहुल फिर्ता हुन्छन् । राहुलले पनि भनेका छन्, यस अध्यक्ष पदकोे जिम्मेवारी अरु कसैले समाल्नु पर्नेछ । 

दिल्लीमा जारी पार्टीको केन्दीय कार्यसमिति बैठकमा प्रियंका गान्धीलाई अध्यक्ष बनाउन समेत पार्टीका कार्यकर्ताले माग गरेका छन् । तर राहुलले भने यस कुरामा समर्थन दिएका छैनन् । स्रोतलाई उद्धत गर्दे संच्चार माध्यमले लेखेका छन्, मेरो बहिनीलाई यसमा ल्याउन नखोजौ । 

बैठकमा अहिले यस विषयमा व्यापक छलफल भइरहेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया