काठमाडौं – राजनीतिक रुपमा हरेक स्थानमा असफल देखिएको नेपाली काँग्रेसले पार्टी भित्रको घरस झगडालाई मिलाउने नाममा छाँया सरकार बनाएको छ ।
छाया सरकारका जिमा दिइएका व्यक्ति र तिनका प्रवृत्ति र चरित्र हेर्ने हो भने त्यसबाट नै प्रष्ट हुन्छ कि उक्त छाँया सरकारको काम कारवाही कस्तो होला । लामो समयदेखि सरकारमा बस्न नपाएर छट्पटाएको काँग्रेसले सरकारको कमजोरीका कारण पछिल्ला दिनका सकारात्मक दिशा दिन सकिने केही कामको भने सुरुवात गरेका छन् । सरकारको काम कारवाहीलाई चेक गर्ने भन्दै गठन भएको छाया सरकार सैद्धान्तिक रुपमा स्वागतयोग्य काम हो ।
अन्तर्राष्ट्रिय रुपमा नै हेर्ने हो भने सरकारको काम कारवाहीलाई सही दिशामा लैजान पनि त्यस्ता छाँया संयन्त्रले महत्वपूर्ण काम गर्ने छ । प्रमुख प्रतिपक्ष सदनमा नै हराएको छ । केही जनपक्षीय एजेण्डा उठाउला त भन्ने अपेक्षा विपरित उसले संसदमा समेत प्रभावकारी भूमिका निर्वाह नै गर्न सकेको छैन । आन्तरिक खिचातानीमा रमाएको काँग्रेसले जनताका लागि केही गर्नुपर्ने आवश्यकता नै छैन । काँग्रेस त खडेरीमा छरिएको दुबो जस्तै हो भन्ने आम मानिसको बुझाइ छ ।
वर्षदिन भरी काँग्रेसका भोटर अरु पार्टीमा लाग्छन् । काँग्रेसलाई गाली पनि गर्छन , तर मतदानको दिन मात्रै ककाँग्रेसका लागि मतदान गर्छन् । यो काँग्रेसको आम चरित्र हो । तर काँग्रेसले सोही चरित्रलाई समेत कायम राख्न सकेको छैन । जनताको पक्षमा बोल्ने हिम्मत समेत काँग्रेसले राखेको छैन । पछिल्ला दिनमा ओली नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रका आधारभूत मूल्य र मान्यता विपरित हुने गरी केही नयाँ कानूनको तयारी गरेको छ ।
त्यसको विरुद्धमा जनमत बनाउने, वहस छलफल गर्ने, सरोकारवाला भएका व्यक्ति वा निकायलाई आफ्नो विश्वासमा लिन समेत काँग्रेसले सकेको छैन । काँग्रेसले आफूलाई लोकतन्त्रवादी बताउँछ । काँग्रेसले आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने गरेको छ । तर जनताको विपक्षमा हुने गरी सत्तापक्षले गरेको गलत भन्दाको प्रतिवाद गर्न समेत काँग्रेस असफल नै भएको छ ।
काँग्रेसमा नेतृत्वको चरम संकट छ । सभापति समेत रहेका पूर्व प्रधानमन्त्री सम्पूर्ण काँग्रेसको सभापति बन्न सकेका छैनन् । महामन्त्री लगायतका केही व्यक्ति हिन्दुृ अहंकारमा डुबेका छन् । सभापतिलाई ठेगान लगाउँछु भन्ने मात्रै उनीहरुको सोच र चिन्तन रहेको छ । तर व्यवहारिक तथा सैद्धान्तिक रुपमा नै काँग्रेस असफल भएको देखिन्छ ।
पार्टी किन छिन्न भिन्न हुने अवस्थामा पुग्यो त भन्ने कार्यकर्ताको प्रश्नमा सभापति देउवा भन्छन्, आरजुले समेत मेरो कुरा मान्दिन भने अरुले के गर्लान् । त्यसकारण तपाईहरु पनि खास अर्थमा काँग्रेसलाई जोगाउन लाग्नुस्, देउवाको भनाइ थियो ।
लोकतन्त्रको नाममा बहस गर्दै हिडिदिने अर्जुननरसिंह केसी, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले अब सरकारले केही गर्न सक्दैन भन्दै हिडेपनि कुनै प्रभावकारी कदम भने बनाउन सकिएको छैन ।
प्रतिक्रिया