नयाँदिल्ली – भारतीय निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनताले एक नयाँ युगको शुरुवात गरेको बताएका छन् ।
आज केन्द्रीय संसदको बैठकमा बोल्दै मोदीले लोकसभा चुनाव अन्तर्गत भारतीय जनताले एक नयाँ युगको शूरवात गरेको बताए ।
उनले चुनावमा जस्तो परिणाम आएको भएतापनि अब देश विकासको लागि काधमा काध मिलाएर अगाडी बढ्नु पर्ने बताए ।
त्यसैगरी मोदी एनडीए गठबन्धनको नेता चुनिएका छन् ।लोकसभा चुनावमा भारतीय जनता पार्टीको एकल बहुमत आएको छ भने एनडीए गठबन्धनले ३५० सिट जितेको छ । चुनाव लगतै नयाँ प्रधानमन्त्री चयनको तयारी सुरु भएको छ ।
एनडीए गठबन्धनले मोदीलाई नेता चयन गरेको छ । सिरोमनी अकाली दलका प्रकाश सिंह बादलले मोदीलाई गठबन्धनको नेता बनाउने प्रस्ताव गरे, जसलाई जेडीयूका नितिशकुमार र शिव सेनाका उद्धव ठाकरेले समर्थन गरेका छन् ।
अहिले बैठक जारी छ जसमा मोदीले सम्बोधन गरिरहेका छन् ।
प्रतिक्रिया