नापी सर्वेक्षक र लेखापढी व्यवसायी एक लाख पचास हजार घुससहित पक्राउ

७ बर्ष अगाडि

काठमाडौँ – नापी कार्यालय साँख, काठमाडौँका नापी सर्वक्षक र लेखापढी व्यवसायी एक लाख पचास हजार घुससहित पक्राउ परेका छन् । 

नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीले जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग्दा पक्राउ परेका हुन् । 

जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना पाएपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले निजहरू नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु के.सीलाई सेवाग्राहीसँग रू एक लाख पचास हजार घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित नापी कार्यालय साँखुबाट पक्राउ गरिएको हो । 

काठमाडौंको कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया