डेढ लाख घुस लिँदै गरेको अवस्थामा नापीका कर्मचारी पक्राउ

७ बर्ष अगाडि

काठमाडौं – १ लाख ५० हजार घुस लिँदा लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय साँखु  काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाई पक्राउ गरेको छ ।

जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्न्े सूचनाका आधारमा आयोगले उनीहरुलाई नापी कार्यालय साँखुबाट पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगालबाट गएको टोलीले उनीहरुलाई सेवाग्राहीसँग १ लाख ५० हजार लिँदै गरेको अवस्थामा बिहिबार पक्राउ गरेको हो । उनीहरुको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया