प्रचण्ड बहुमत पछी प्रधानमन्त्री नरेन्द्र मोदीको १० सम्बोधन (पुर्णपाठसहित)

७ बर्ष अगाडि

नयाँदिल्ली – प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावमा भाजपाको विजयलाई हिन्दुस्तान,लोकतन्त्र र जनताको विजय भएको बताएका छन् । 

पार्टी मुख्यालयमा सम्बोधन गर्दे मोदीले भापजा देशको संविधान एवम् संघातको प्रति समर्पित हुने भन्दै केन्द्र एवम् राज्य देशको विकासको यात्रामा काधमा काध मिलाएर आउदो दिनमा काम गर्ने बताए । 
उनले सरकार बहुमतले चल्ने भएतापनि देश सर्वमतले चल्ने भन्दै आफुहरु विचारलाई साथमा लिएर अघि बढ्ने बताए । 

उनले गरेको १० सम्बोधन

१. चुनावको विचमा के भयो त्यो कुरा बितिसकेको छ । अब हामीले सबैलाई साथमा लिएर अघि बढ्नु पर्दछ । घोर विरोधीलाई पनि देशको हितका लागि साथमा लिएर चल्नुपर्दछ । यस प्रचण्ड बहुमतको पछि पनि हामी नम्रताको साथ लोकतन्त्रको मर्यादाको विच चल्नु छ । संविधान हाम्रो सुप्रिम हो, उसैको अनुसार चल्नु पर्दछ । 

२. आउदो दिनमा म कोही खराब नियतले केहि काम गर्ने छैन । मलाई आफ्नो लागि केही चाहिएको छैन । मेरो समययको हरेक पल र शरिरको कण कण देशवासिको लागि समर्पित हुनेछ । 

३. अब देशमा मात्र दुई जाति रहनेछन् । र देश यि दुई जातिमा केन्द्रित हुनेछ । २१ औँ सदिमा भारतमा एक जाति छन्, गरीब र अर्काे जाति देश । 

४. भाजपाको एक विशेषता भयो कि हामी दुई भएउ तर हामी कहिल्यै आफ्नो मार्गबाट विचलित भएनौँ । आदर्शलाई ओझेल हुन दिएनौँ,हामी न रोकियौ न झुक्यौ, न थाक्यौँ । हामी दुई थिएउ तर पनि विचलित भएनौँ अब फेरी पुन आएका छौँ । हामी नम्रता,विवेक,आदर्श र सस्कारलाई छोड्ने छौनौँ । 

५. यदि कोही विजयी भए त हिन्दुस्तान विजयी भए । यदि कोही विजयी भए त लोकतन्त्र, जनात जनार्दन विजयी भएका छन् । 

६. भाजपा देशको संविधान एवम् संघवादको प्रति समर्पित छ । र केन्द्र एवम् राज्य देशको विकासको यात्रामा काधमा काध मिलाएर काम गर्नेछौँ । 

७. यो मोदिको विजय होइन । यो देशकमा इमान्दारीका लागि तड्पेका नागरिकको आशा–आकांक्षाको विजय हो । यो २१ औ साताव्दिको सपना लिएर हिड्ने नौजवानको विजय हो । 

८. यो विजय आत्मसम्मान,आत्मगौरवका साथमा एक सौचालयका लागि तड्पेका एक आमाको विजय हो । यो विजय त्यो विरामी व्यक्तिको हो जो ४–५ वर्षदेखि पैसाको कारण आफ्नो उपचार गर्न सकेको थिएन । आज उसको उपचार हुदैछ, उसैको आशिर्वादको विजय हो । 

९. यो विजय ति किसानको को हो, जो पसीना बगाएर राष्ट्रको पेट भर्नका लागि समर्पित रहेका थिए । यो ति ४० करोण असंगठित मजदुरको विजय हो,जसलाई पेन्सन योजना लागु गरेर सम्मानजनक जीवन जिउनेको अवसर मिलेको छ । 

१०. यो पहिलो चुनाव थियो जसमा एक राजनितिक दलले धर्मनिरपेक्षताको नकाब लाएर देशलाई अध्यारोमा राख्न पाएन । यस चुनावमा एउटा पनि विरोधी दलले महंगाइको मुद्धा बनाउन पाएनन् । कुनै सरकारले हाम्रो सरकारमाथि भष्ट्राचारको आरोप लगाएर मुद्धा बनाउन पाएन । 

भारतको उज्वल भविष्यका लागि देशको एकता र अखंडताका लागि जनताले यस चुनावमा एक नयाँ विमर्श राखेका छन् । आज देशको कोटी–काटी नागरिकले यस फकिरको झोला भरिदिएका छन् । र भारतका १३० करोण नागरिकको सिर झुकाएर नमन गर्न चाहन्छु । २०१९ को मतदानको अन्दाज आफैमा लोकतान्त्रिक विश्व इतिहासको सबैभन्दा ठुलो घटना हो । (पार्टी मुख्यालयमा मोदीको सम्बोधन)

७ बर्ष अगाडि

प्रतिक्रिया