पन्ध्र किलो चरेससहित तीन जना पक्राउ

७ बर्ष अगाडि

काठमाडौँ – काठमाडौंको ढुंगेअड्डाबाट बुधबार १५ किलो चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

धादिङबाट चरेस लिएर मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटी नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बारवीसे घर भएका दिनेश कार्की, सुनीता तिमल्सिना र विश्वास थापा रहेका छन् । दुई जनाले मोटरसाइकलमा चरेस ल्याएको र अर्को एक जना काठमाडौंमा लिन बसेको अवस्थामा पक्राउ परेका हुन् । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया