जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका एक व्यक्ति अस्पतालबाटै भागेका छन् । स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल पुर्याइएका १६ वर्षीय किशोर पदम श्रेष्ठ प्रहरी लापरबाहीका कारण भाग्न सफल
भएका हुन् ।
मंगलबार जबर्जस्ती करणी अभियोगमा महाराजगन्ज प्रहरीले पक्राउ गरेका श्रेष्ठ त्यही दिन राति भागेकाे महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । प्रहरीको निगरानी नपुगेकाले अभियुक्त भागेको उनले बताए ।
पछिल्लो समय महाराजगन्ज प्रहरीको कामकारबाही लापरबाहीपूर्ण देखिएको छ । महाराजगन्ज प्रहरीलाई यसअघि हत्या मुद्दाका अभियुक्तबाट २३ लाख रुपैयाँ लिएर मुद्दा कमजोर बनाउने प्रयास गरेको आरोपसमेत लागेको थियो ।
प्रतिक्रिया