सुन तस्करीको सेटिङ कायमै, राजश्वले हाल्यो घले विरुद्ध हालसम्मकै ठूलो मुद्दा

७ बर्ष अगाडि

काठमाडौं – राजश्व अनुसन्धान विभागले सुनमा विदेशी मुद्रा अपचलन गरेको आरोपमा शेर ग्याल्वो घले बिरुद्ध अदालतमा मुद्दा हालेको छ ।

विभागले चोरी पैठारी गरी घलेले सात केजी सुन ल्याएर राजश्व चुहावट गरेको आरोपमा रसुवा जिल्ला अदालतमा मुद्दा हालेको हो । यसको विगो रु सात करोड ११ लाख ७६ हजार कायम गरिएको छ ।

रसुवागढीबाट स्याफ्रुतर्फ आउदैगरेको ना ६ ख ९०६८ नम्वरको कन्टेनर डिब्बामा विना विल विजक लुकाएर राखेको अवस्थामा ७ केजी सुन बरामद भएको थियो। प्रहरीले बरामद गरेको सुन घलेले आयात प्रज्ञापनपत्र तथा भन्सार तिरेको रसिद निस्सा दाखिला गर्न नसकेको आरोप लगाइएको छ ।

सुन रु ३ करोड ५५ लाख ८८ हजार बराबरको छ । उनले त्यो सुन चिनबाट खरिद गर्न सोही रकम बराबरको विदेशी विनिमय गैरकानुनी तबरबाट अपचलन गरेको पुष्टि भएको विभागको ठहर छ ।

विभागले उनलाई तीन बर्ष कैद हुने दावी पनि प्रस्तुत गरेकोछ । विगो र जरिवानासहित गरि उनलाई रु १७ करोड ७९ लाख ४० हजार भराउनु पर्ने देखिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया