काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।
मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिका सदस्यहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा बोल्दै उनले जिम्मेवारीअनुसार काम नगर्ने कर्मचारीलाई सरकारले कडा कारवाही गर्ने बताए ।
उनले कर्मचारीलाई उत्साहका साथ काम गर्ने वातावरण बनाउन सरकार लागि परेको दावी गरेका थिए । प्रश्नको जवाफ दिने क्रममा उनले करारमा रहेका कर्मचारीलाई हटाउने व्यवस्था नरहेको स्पष्ट पारे ।
मन्त्री पण्डितले तत्काल आवश्यक्ताका आधारमा खुला र करारमा कर्मचारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न लागिएको बताए । उनले कर्मचारीहरुको मनोबल गिराउने काम सरकारबाट नहुने प्रतिवद्धता दोहोर्याए ।
प्रतिक्रिया