चिनियाँले विच्याट मार्फत कारोबार गरेपछि राष्ट्र बैंकको एक्सन

७ बर्ष अगाडि

 काठमाडौं – नेपाल राष्ट्र बैंकले अबैधानिक रुपमा विच्याट अलीपे लगायतबाट भइरहेको भुक्तानीलाई पूर्णतया प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकलेसूचना जारी गर्दै प्रतिबन्ध लगाएको घोषणा गरेहो हो ।

पछिल्लो समय पर्यटक तथा नेपालीहरुले नै विच्याट, अलिपेबाट भुक्तानी गर्ने क्रम बढेको थियो । बैंक तथा वित्तीय संस्था, स्वीकृति प्राप्त पेमेन्ट गेटवे हुँदा हुँदै यसरी भुक्तानी भएर विदेशी मुद्राको आय र सञ्चितिमाथि नै धावा बोल्न थालेपछि राष्ट्र बैंक कठोर भएको हो ।

अब यसरी भुक्तानी गरेमा विदेशी विनिमय अपचलनको मुद्दा लगाइने छ । यसैगरी राष्ट्र बैंकले फेसबुक, टुइटरलगायतका सामाजिक सञ्चाल र युट्युवजस्ता च्यानलमा नेपालीले गरिरहेको विज्ञापनमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

विदेशमा रहेका नेपालीबाट फेसबुक र युट्युवको पैसा भुक्तानी गर्ने तर नेपालीसँग यहाँ उठाउने गर्दा बाहिरबाट आउने पैसा रोकिएको छ । साथै केही एजेन्सीहरुले संगठित रुपमै पनि बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा अन्य कर्पोरेटको विज्ञापन फेसबुक र युट्युवमा गरिरहेका छन । 

७ बर्ष अगाडि

प्रतिक्रिया