यसरी भेटियो गाउँपालिकाको मूल ढोकामा बम

७ बर्ष अगाडि

बझाङको छबिसपाथिभरा गाउँपालिकाको मूल ढोकामा बम भेटिएको छ । मंगलबार बिहान ९ बजे कार्यालय ढोकामै भेटिएको स्थानीय कर्ण धामीले बताए । बम कसले राखेको हो भन्नेबारे खुल्न नसकेको डीएसपी सूर्यबहादुर केसीले बताए ।

बम रहेको स्थानमा एक प्रहरी टोलीले अनुसन्धान गरिरहेको र नेपाली सेनाको टोली पनि त्यसतर्फ गएको डीएसपी केसीले बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया