बीजेपीलाई भोट दिएको भन्दै कांग्रेस नेताले गरे नेमी चंद्रको गोली हानी हत्या

७ बर्ष अगाडि

नयाँदिल्ली  – मध्य प्रदेशको सावेरमा भारतीय जनता पार्टी (बीजेपी)का समर्थकमाथि कांग्रेस नेताले गोली हानी एक जनाको हत्या गरेका छन् । 

मध्य प्रदेशको सावेरमा ६५ वर्षका नेमी चंद्र तंवरले बीजेपीलाई भोट दिएको भन्दै कांग्रेस नेता अरुण शर्माले गोली हानी हत्या गरेका हुन् । 

खबरका अनुसार नेमी चंद्रका छोरा र पत्नी घाइते भएका छन् । यस घटनाको विरोधमा स्थानीयहरुले सोमबार उक्त क्षेत्र बन्द गरेका थिए ।

घटानाको जानकारी पाएपछि पुलिस अधिकारीहरु जानकारी लिन अस्पताल पुगेका थिए ।  अहिले तत्काल भने कांग्रेस नेता अरुण शर्मामाथि छानविन भइरहेको भारतीय सच्चारमाध्यमले जनाएका छन् । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया