दुई प्रहरीको काण्ड: १६ बर्षिया किशोरी र २७ बर्षिया युवतीको सामुहिक बलात्कार

७ बर्ष अगाडि

नवलपरासीमा नागरिकका रक्षक  नै भक्षक बन्दै दुई जना प्रहरीले एक किशोरी र अर्की  युवतीलाई सामुहिक बलात्कार गरेको घटना ढिलो गरि बाहिर आएको छ ।

बैशाख २  विहान सुनवलको बन–झाडीमा लगेर दङ्गा नियन्त्रण प्रहरी गण सुनवलका प्रहरी जवानद्धयः पाटेश्वर यादव र प्रेम खड्काले २७ बर्षिया विवसता (नाम परिवर्तन) र १६ बर्षिया बाध्यता  (नाम परिवर्तन) लाई बलात्कार गरेको  घटना ढिलो गरि बाहिर आएको हो ।

 उक्त अभियोगमा ती दुई जनालाई नियन्त्रणमा लिई मुद्धा दर्ता गरिएको र अदालतमा ७ दिन म्याद समेत थप गरिएको नवलपरासी पश्चिमका प्रहरी प्रबक्ता  डिएसपी विरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बलात्कारा आरोपी प्रहरी जवान यदवको घर दाङ्ग हो भने खड्काको घर डढेलधुरा हो ।

उनिहरुलाई कार्बाहीको माग गर्दै सुनुवलवासीले हिजो  उक्त प्रहरी गण बाहिर विरोध  प्रदर्शन गरेका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया