जुवातास खेलिरहेको अवस्थामा ४६ हजार रुपैयाँ सहित १४ जना पक्राउ

७ बर्ष अगाडि


काठमाडौं – काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा बाँके घर भएका ३९ वर्षीय  नबिन राउत लगायत ९ जनालाई १ बुक तास र नगद ४६ हजार रुपैयाँ सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले पार्किङ गरी राखेको ना-७ ख ५६२८ नम्बरको बसमा जुवातास खेलीरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

सर्लाही, लालबन्दी नगरपालिका९४ स्थित पसलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय कोभानु घिमिरे सहित ५ जनालाई नगद १६ हजार ५ सय रुपैयाँ सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । 

जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया