काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले केपी शर्मा ओली नेतृत्वको सरकार जनताको समृद्धिमा लागेको हो कि दलाल र बिचौलियाको भन्ने स्पष्ट नभएको आरोप लगाएका छन् ।
सोमबार बसेको प्रतिनिधसभा बैठकमा सांसद सिंहले ऊखु किसानको बाँकी रहेको भुक्तानी नभएको बताए ।
उनले भने, ‘सरकारको नारा समृद्धि, सुशासन रहेको छ । कसको समृद्धि रु दलाल बिचौलिया कि दलालको समृद्धि ? स्पष्ट भएन ।’ सिंहले सर्लाहीमा रहेका तीन चिनी मिलले किसानलाई गत वर्षकै ऊखुको बक्यौता नदिएको बताए । उनले भने, ‘विचौलिया मोटाउने, किसानको उठीबास हुने भयो । सरकारको नीतिले किसानको समृद्धि आउछ होला जस्तो लाग्दैन ।’
सांसद सिंहले किसानले पाउन बाँकी रहेको भुक्तानी दिने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । त्यसैगरी सांसद एकवाल मियाँले पनि ऊखु किसानको बाँकी रहेको बक्यौता भुक्तानी गर्न माग गरेका छन् ।
प्रतिक्रिया