सशस्त्रका जवान नै अख्तियारको फन्दामा परे

७ बर्ष अगाडि

काठमाडौं – दश हजारमा रुपैयाँमा सशस्त्र प्रहरीका जवानले एक सामान्य व्यापारीलाई धम्क्याएपछि  उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

ठूलो रकम नै  भएको भएपनि हुन्थ्यो नी , तर  सशस्त्र प्रहरी बल नेपाल  ४१ नं गुल्म औद्योगिक सुरक्षा  बुटवल ,रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसी रु दश हजार घुस लिँदा लिँदै पक्राउ गरेका छन् ।

सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरी थुनिदिने भनी घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले सशस्त्र प्रहरी बलका जवान केसी पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग १० हजार घुस लिइसकेको अवस्थामा बुटवल उपमहानगरपालिका  ७ दिपनगर स्थित बुटवल टपटेन मम एण्ड खाजाघरबाट आयोगले पक्राउ गरेको हो । 

७ बर्ष अगाडि

प्रतिक्रिया