एजेन्सी – शिक्षा र ज्ञान हासिल गर्न उमेरले छेक्दैन भन्ने उखान यो घटनाबाट प्रमाणित हुन्छ ।
अर्जेन्टिनामा एक ९९ बर्षीया वृद्धाले स्कूल जना र पढाइलेखाइ सुरु गरेकी छिन् । युसेबिया लेनर कोर्डल नाम गरेकी एक ९९ बर्षीया वृद्धाले सानै उमेरमा पढाइलेखाइ छाडेकी थिइन ।
खबरका अनुसार, घरमा समस्या भएपछि स्कूल जान छाडेकी थिइन । तर, अहिले युसेबियाले आफ्नो अध्ययनलाई निरन्तरता दिने निर्णय गरेकी छिन् । उनी अहिले विद्यालय गएर शिक्षा हासिल गरिरहेकी छिन् ।
हरेक मंगलबार, बुधबार र बिहीबार उक्त विद्यालयकी एक शिक्षिकाले उनलाई स्कूले लिएर जाने गर्दछिन् । युसेबियाको यो कदमलाई चौतर्फीरुपमा तारिफ गरिएको छ ।
उनको विद्यालयमा पढिरहेको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । ‘वृद्ध हुँदै जाँदा स्मरणशक्ति पनि कमजोर हुन्छ र सबैकुरा बिर्संदै गइन्छ । मैले पनि बिर्सिएको थिएँ । अध्ययन गर्न थालेपछि पढ्न लेख्न सिक्दै आएकी छु’, युसेबियाले भनेकी छिन् ।
प्रतिक्रिया