पाँच प्रतिशत ब्याज अनुदानको कृषि कर्जा साढे चौध हजारले लिए

७ बर्ष अगाडि


सरकारले वित्तरण गरेको ५ प्रतिशत ब्याज अनुदानको सहुलिय कर्जा १४ हजार ६ सय ३९ जनाले लिएका छन् । यसमा ९८ करोड २२ लाख रुपैयाँ ब्याज अनुदान प्रदान गरिएको राष्ट्र बैंकले जनाएको  छ । अझै २५ अर्ब १८ करोड रुपैयाँ यस्तो कर्जा बक्यौता छ  ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अुनदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ ले सहुलियत पूर्ण कृषि कर्जाको व्यवस्था गरेको थियो । यस कार्यविधि अनुसार सात प्रकारका सहुलियत पूर्ण कर्जा पाइन्छ । अन्य क्षेत्रतर्फ १३ करोड ६४ लाख कर्जा बाँकी छ । 

यस्तै भुकम्प पिडितले उपयोग गर्ने सहुलियतपूर्ण कर्जा १ हजार ५ सय ७७ जनाले उपयोग गरेका छन् । 

यता उतपादन शिल क्षेत्रमा चैत मसान्तसम्म बैंकहरुले २३ अर्ब ६ करोड रुपैयाँ पुार्नकर्जा लगानी गरेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया