एजेन्सी – भारतको लोकसभा निर्वाचनमा आज सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ । अप्रिल ११ मा सुरु भएको मतदान विभिन्न क्षेत्रमा सात चरणमा भएको हो ।
करिब ९० करोड मतदाताको योग्यता पुगेको यो निर्वाचनमा सरदर ६० प्रतिशत मतदान भएको छ । ५४३ सिटका लागि करिब आठ हजार उम्मेदवार प्रतिस्पर्धामा छन् । यो चुनाव मुख्य रुपमा सत्तारुढ भारतीय जनता पार्टी र अहिलेको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसबीचको प्रतिस्पर्धाका रुपमा रहेको छ । भाजपा मोदी सरकारलाई निरन्तरता दिने प्रयासमा छ भने कंग्रेस सन् २०१४मा गुमाएको सत्ता पुनप्राप्ति गर्ने प्रयासमा छ ।
आठ हजार उम्मेदवारमध्ये क-कसले जित हात पार्छन् र कसले सरकार बनाउँछ भन्ने थाहा पाउन २३ मे अर्थात बिहीबार राती १० बजेभित्रमा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । विद्युतीय मेसिनमार्फत मतदान भएकाले मतगणना एकैदिनमा सकिने भएको हो ।
प्रतिक्रिया