समाजवादी पार्टीको कार्यालय अब बालकुमारीमा

७ बर्ष अगाडि

काठमाडौँ – नवगठित समाजवादी पार्टी नेपालले तत्कालीन संघीय समाजवादी फोरमको साविक कार्यालयलाई केन्द्रीय मुकाम बनाउने भएको छ । अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच फोरमको बालकुमारीस्थित साविक कार्यालयलाई नै व्यवस्थित गर्ने सहमति भएको हो । 

तत्कालीन नयाँ शक्ति पार्टीको बबरमहलमा रहेको केन्द्रीय कार्यालयमा पार्किङ समस्या भएको समाजवादी पार्टीका उपाध्यक्ष पर्शुराम खापुङले बताए । ‘नयाँ पार्टीको केन्द्रीय कार्यालयको मर्मत संभारसँगै रङरोगन धमाधम हुँदैछ ।’ खापुङले भने, ‘अध्यक्षद्वयलगायत पदाधिकारीको कार्यकक्ष तयार हुँदैछ ।’

७ बर्ष अगाडि

प्रतिक्रिया