नयाँदिल्ली – केदारनाथ मन्दीरको गुफामा ध्यान गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज आइतबार बाहिर निस्केका छन् ।
शनिबार गएका मोदी एक दिने ध्यान गरेर आज बाहिर निस्केका हुन् ।
उनी बाहिर निस्केसँगै एक पत्रकारले केदारनाथमा चुनाव जित्ने मन्नत माग्नुभयो भनेर सोधेको प्रश्नमा उनले भने,म केही माग्दिन,म माग्ने खालको प्रवृति भएको मान्छे पनि होइन । किनकी भगवानले माग्न योग्य बनाएका छैनन्,मलाई दिने योग्य बनाएका छन् ।
भगवानले उसलाई दिने योग्य क्षमता भएको बनाएका छन्,उसले यो समाजको लागि दिन चाइयो । उनले थपे,भगवान बाबा केदारनाथले भारत मात्र होइन पुरा मानव जातीको लागि सुख,समृद्धि र कल्याणको लागि आशीवार्द बनाइ रहुन् ।
प्रतिक्रिया