नयाँदिल्ली – भारतमा यतिबेला चुनावको गर्मी बढेसँगै अनेक अनेक कुराहरु बाहिर आउने गरेका छन् । यसैबिचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीे केदारनाथमा ध्यान गर्न गएपछी उनको मजाक उडाईएको छ ।
चुनावी प्रचार सकेर ध्यान गर्न केदारनाथको गुफामा छिरेपछी भारतीय कांग्रेस पार्टीका नेता एवम् राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले मजाक उडाएका हुन् ।
उनले भनेका छन्, ध्यानमा बसेर मोदीले के सन्देश दिन खोज्दैछन्, उनले उत्तराखंड को हिमालय स्थित तीर्थस्थलमा पूजा गरेपछी एक गुफामा ध्यान लगाउन गए । टेलिभिजन च्यानलले उनको तस्विर प्रचार प्रसार गरे ।
मुख्यमन्त्री अशोकले मोदीको त्यो ध्यानमा ध्रुवीकरणको आरोप लागाउदै उनको मजाक उडाए । उनले भनेका छन्, आज मोदी भगवान धारण गरेर एक गुफामा बसेका छन् । भगवान नै जानुन् उनी के सन्देश दिन लाग्दैछन्,सबैजना उनलाई नी हेरिरहेका छन् ।
प्रतिक्रिया