ध्यान गर्न गुफामा पसेका प्रधानमन्त्री मोदीको कसले उडायो मजाक ?

७ बर्ष अगाडि

नयाँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीे केदारनाथमा ध्यान गर्न गएपछी उनको मजाक उडाईएको छ । 

चुनावी प्रचार सकेर ध्यान गर्न केदारनाथको गुफामा छिरेपछी भारतीय कांग्रेस पार्टीका नेता एवम् राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले मजाक उडाएका हुन् । 

उनले भनेका छन्, ध्यानमा बसेर मोदीले के सन्देश दिन खोज्दैछन्, उनले उत्तराखंड को हिमालय स्थित तीर्थस्थलमा पूजा गरेपछी एक गुफामा ध्यान लगाउन गए । टेलिभिजन च्यानलले उनको तस्विर प्रचार प्रसार गरे ।

मुख्यमन्त्री अशोकले मोदीको त्यो ध्यानमा ध्रुवीकरणको आरोप लागाउदै उनको मजाक उडाए । उनले  भनेका छन्, आज मोदी भगवान धारण गरेर एक गुफामा बसेका छन् । भगवान नै जानुन् उनी के सन्देश दिन लाग्दैछन्,सबैजना उनलाई नी हेरिरहेका छन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया