काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको वीरगंज सम्पन्न १९औं बार्षिक साधारण सभाले चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र २३.५० नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बोनश सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी रु ५ अर्ब ४९ करोड ९६ लाख पुगेको कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष गोविन्दलाल संघाईले साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका वित्तीय सूचांक र आगामी योजना प्रस्तुत गरेका थिए ।
कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजार हिस्सा हासिल गरेको र बजार हिस्सा अझ बढाउने गरि योजना बनेकाजनाएको छ ।
एक सय ७७ भन्दा बढि शाखा तथा उपशाखा रहेको कम्पनीको लगानी रु ६७ अर्ब रहेको छ । एक लाख २२ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको कम्पनीको जीवन बीमा कोषमा रु ५९ अर्ब र सेयरधनी कोष रु १० अर्ब ४० करोड बढी रहेको छ ।
प्रतिक्रिया