नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकता पश्चात बनेको समादवादी दलका नेता बाबुराम भट्टराईमाथि खनिएका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एक सार्वजनिक कार्यक्रममा काँग्रेसलाई म्युजियममा राख्नुपर्ने बताएका थिए ।
उनले काँग्रेसले देश र जनताको हितको लागि काम नगर्ने भन्दै ‘अब कांग्रेसको युग सिद्धियो। उसले निजी स्वतन्त्रतामा आधारित उदारबादमा आधारित लोकतन्त्र ल्याउन भूमिका खेलेकै हो । उसलाई धन्यावाद दिनुपर्छ, उसले इतिहासमा जुन काम गर्यो । त्यसलाई म्युजियम बनाम, कांग्रेसमै समर्पित खालको । उसलाई गर्ने यही हो। उसले यो देशको नेतृत्व गर्न सक्दैन।’ बताएका थिए । सामाजिक सञ्जालमा बाबुराममाथि नेता गुरुङले यसरी आक्रोस पोखेका छन् ।
प्रतिक्रिया